बुद्धले मानव जातिलाई प्रत्यक्ष रुपमा प्रकृति , प्राकृतिक पूर्णता र मानव चित्त बारे बोध गराएर जानू भयो । मानव जाती प्राकृतिक रुपमा नै पुर्ण छ भन्ने चेत गराएको थियो र मन नै सबै धम्मको अगुवा हो , मन नै प्रधान हो भनी प्रकृतिको नियम भित्र मानव लगायत सम्पुर्ण प्राणि र जिवको उत्पत्ती भएकोले मानव जातिले प्रकृतिको नियम भन्दा बाहिर गएर कुनै पनि कार्य गर्नाले कुनै प्रकारको लाभ प्राप्त गर्न नसकिने धम्मलाई आफू स्वयम् ले बिपस्सना ध्यान र अभ्यास  गरि सत्य बोध गर्नु भएको थियो । त्यही धम्मलाई मान्छेले पनि बुझेर अष्टाङ्गिक मार्गको अभ्यास गरि निर्वाण प्राप्त गरि सदा (सधैं) को लागि  जन्म , मरण , रोगब्याधी र बुढेसकाल जस्ता दु:खबाट मुक्त गराउने मार्ग देखाउनु भएको थियो । 

बुद्धले ध्यान भावनाको अभ्यासबाट मान्छेमा रहेको भ्रमहरुलाइ हटाएर चित्त शान्त र सफा होस भनेर करुणा दृस्टी भावना राख्ने गर्नु हुन्थ्यो । बाक्लो बादल जस्तै मनमा छाइरहेका भ्रमहरुलाइ चिर्दै अमुल्य मानव जीवन पाएर बाच्न पाउनु अनि स्वतन्त्र भएर अध्यात्मिक ज्ञान मार्गमा हिंड्न पाउनु मान्छेको लागि निकै ठुलो भाग्य हो । मान्छेको बिद्यमान चेतना रुपि बादलले ढाकेको मान्छेको मनलाई जाज्वल्यमान प्रकाशमय गर्न बाहिर कतै भौतारिनु पर्दैन , यो ज्योती हामी भित्र नै छ । गौतम बुद्धले देखाउनु भएको मध्यम मार्ग : जीवन कसरी जिउने ........उत्तम कला हो । 

प्रत्येक पल मान्छेले आफ्नो मस्तिष्क र मनमा चलिरहने भावना र बिचारको रुपरङ थाहा पाइरहनु एकदमै आवश्यक छ । हाम्रो जिवनमा जे जे भैराखेको छ , त्यस्लाई स्विकार्न सक्नुपर्दछ । किनकी प्रत्येक  क्षणमा जे भैरहेको छ त्यसलाइ सहर्ष स्विकार्न सक्यो भने सबै कुरा सुन्दर ढंगले समाधान भै आनन्द प्राप्त गर्न सकिन्छ ।

  • जीवन कसरी सुन्दर तरिकाले बाच्ने र समाजलाइ आफुले के दिन सक्छ , स्वछ् मनले सहयोग गर्नु भनेर धेरै धम्म उपदेश र धम्म देशनाहरु गौतम बुद्ध द्वारा दिएको पाइन्छ ।
  • धम्म देशना र बुद्ध शिक्षा भित्र मान्छेलाई आफ्नो खास उदेश्य के हो थाहा हुनुपर्छ ।
  • मान्छेले भित्री मनदेखी नै अरु जन प्रती करुणा भाव जागृत हुनु पर्छ ।
  • मान्छे स्वार्थी हुँदा यस्ले जन्माउने नतिजाको भागिदार पनि स्वयं आफुनै हुनुपर्दछ भनी जान्नु पर्दछ । 
  • मातापिताले माया र स्नेहले हेरचाह गर्दै हामिलाइ यस सन्सारमा जिउन चाहने उत्तम बाटो  देखाउनु भएको कुरालाइ बुझ्नु पर्दछ । 
  • आफ्नै बानी ब्यहोरा र कर्मको कारणले हामी सबै मानसिक र भावनात्मक भुमरिको पिडा मा फसिरहेको हुन्छौं भनेर बुझ्नुपर्छ ।
  • यस्ता हजारौं जीवन बाच्ने सुन्दर कला ( शिक्षा ) हरु गौतम बुद्धले सिकाउनु भएको पाइन्छ ।

यहाँ हरेक मान्छे सबै खुशी साथ बाच्ने आशा राख्छौं । कसैलाइ पनि दु:ख पाउने रहर छैन । मान्छे सबै एउतै बाटोमा सङै हिडिरहेका यात्रुहरु हुन । त्यही भएर हामी एक अर्कालाई सहयोग गर्दै सङसङै हिड्नुपर्छ । याहा कोहि सानो- ठुलो  छैनौ, हामी सबै बटुवा हौं । यहाँ  प्रत्येक ब्यक्ती करुणा  र समझदारिको भागदार छ अनि मृत्यु पनि निश्चित छ । त्यही भएर मान्छेले मृत्यु सत्यलाई  बारम्बार मनमा लिइरहनु पर्दछ । 

अब, हामी संग जे जति समय बचेको छ , त्यस्को सदुपयोग गर्ने सोच हामिमा आउनुपर्दछ । कृपया जुन चिज क्षणिक छ , त्यस्मा हामिले मन अडाएर जीवन बर्बाद नगरौं । भवतु सब्ब मंगलम

Post a Comment