संसारको जुनसुकै देशमा लडाइँ लडेको किन नहोस् तर आफ्नै मुलुकमा आफु मुलवासी मंगोल भएर पनि आफुलाई मुलवासी मंगोल भन्ने र आफ्नो संस्कृति, चाढपर्व, रितिरिवाज, पहिचान तथा अस्तित्व जोगाउने सहस र हिम्मत गर्दैन भने उसलाई हामी मंगोल भन्दैनौ ! उसलाई त हामी बाहुनवादको झोले कार्यकर्ता भन्छौं ।
उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधै गुलाम बनिरहे । उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रूमल्लिरहेका छन् । अहिन्दु मुलवासी मंगोलको जमात ८०% छ भने हिन्दुवादी बाहुनको जमात जम्मा २०% छ । तर विडम्बनाको कुरा यो देश तिनिहरुले नै चलाईरहेका छन् । उनीहरूले स्वतन्त्रताको प्वंख फैलाई उडीरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौ । उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ती संघर्ष गर्दैछौ । उनीहरूले महानताको मुर्ती खडा गरे र हामीले त्यसलाई पुज्दैछौ । देश उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ । भैगौ अब जाग्नैपर्ने भो, तोड्नुपर्ने भो चिर निद्रा, उठेकाहरूले हामीलाई कुल्चिएर हिडिरहे । उनीहरूले हाम्रो पिडाको कथा लेखे र साहित्यकार बने । आफ्नो दरिद्रताको चित्र कोरे र कलाकार बने । हामीलाई राज गरी नेता बने । यसर्थ अब उठ्ने पालो अहिन्दु मुलवासी मंगोल समुदायको हो । अब हिड्ने पालो हाम्रो हो । औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ती आवश्यक भो ।
उठौ, जागौ र आफू भित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विषमताको अन्धकारलाई चिर्दै असफलताको आगन हुदै अघि बढौ र तीन करोडको भिडलाई देखाइदिऔ कि हामी पनि देश हल्लाउन सक्छौ ।
सम्पुर्ण अहिन्दु मुलवासी मंगोलको अधिकार सुनिश्चित गर्नकै लागि एक जुट भएर एकल बाहुनवादी सामन्ती राज्यसत्ताको विरुद्ध लडौं । हामी अहिन्दु मुलवासी मंगोलले "फुटाउ अनि राज गर" को फर्मुलालाई विफल बनाई सम्पन्न र शक्तिशाली बन्नुपर्छ ।

Post a Comment