Trump (ट्रम्प) लाई अमेरिकी जनताले हुत्याइ मिल्क्याएको जस्तो मानवीय बिकाश,चेतनाको बिकाश र बौद्धिक बिकाश हामीमा अझै भएको छैन , जहाँ सहि ब्यक्ति अनि सिंगो राष्ट्रको हितकारी संगठन लाई चुन्ने र सत्तामा पुर्‍याउने सकारात्मक बौद्धिक स्तरमा पुगेका छैनौं ! ठिक बिपरित स्तरको दिमाग् छ जहाँ खराब ब्यक्ति र गलत पार्टीलाई मिल्काउनुको साटो माथिल्लो स्तरमा पुर्‍याउछौ।हाम्रा मस्तिष्कका नशा अथवा कोषहरु पुर्ण तरहले विकसित भएका छैन ।मस्तिष्कका कोषहरु विकसित अनि परिपक्वता हुन बाकी छ ।सबै खालको चेतना आए परिवर्तन सम्भव छ।त्यो समय कुर्नुपर्छ ।


*अहिले  हाल हाम्रा मान्छेमा भएको बिकास र गुलामी दासत्त्व बनाइ रहेको कुरा /वाद: बाहुनवाद,हिन्दुवाद,माउवाद,राजावाद,मासु भात खाउवाद जरा बिनाको समाजवाद,नक्कली कम्युनिस्टवाद,4 (चार)

जात 36 वर्ण जातीयवाद,विभिन्न पार्टी ,सत्य इतिहास  भन्दा काल्पनिक इतिहासमा बिश्वासले मन मस्तिष्कमा पुर्ण रुपले ग्रसित अनि गुलामी बनाएको छ ! यि वाद र तत्त्वले दासत्त्व स्विकार्न अनि गुलामी जिवन बिताउन बाध्य पारेको छ। जसलाई आफ्नो इतिहास ,आफ्नो अस्तित्व र म को हु भन्ने पनि थाहा छैन। गलत संसारमा हराइरहेका छ्न जुन पशु सरहको दर्जामा छ्न।यि कुरा आम जनता /मुलबासी ,भुमिपुत्र हरुले मन मस्तिष्क बाट सफा गर्नु आवश्यकता छ।बास्तबिक शिक्षा ,जनचेतना मुलक कार्यक्रम र सत्यतथ्य इतिहास जानकारी दिइ दासी तथा गुलामीत्त्व बाट मुक्त पार्न सकिन्छ । मुक्ति पाइसकेपछि र दिमाग् लाइ ग्रसित बनाउने कुरा हते  बल्ल सहि निर्णय लिउन सक्छन्।

कुनै पनि परिवर्तन आउन/ ल्याउन  मानव बिकास  बिना असम्भव छ ।मानवीय बिकास हुन जरुरी छ। जुन मानवमा हुने बिकास हामीमा छैन !मानवीय बिकाश चेतना नै सहि या गलत ,सत्य या असत्य छुट्याउने सक्ने क्षमता हो।जुन चेतना  नभएकै कारण गलत ब्यक्ति पछि लाग्नु परेको छ ।हामीमा मानवीय बिकाशिल, चेतनशील र बौद्धिकवान हुन अझै समय लाग्ने संकेत देखाइरहेको छ। जनता चेतनशील नहुदासम्म कुनै परिवर्तन संभावना छैन त्यसैले परिवर्तन आउन जनता चेतनवान  हुनुपर्छ ।सर्ब शक्ति जनता नै हुन। अब जनतालाई / यहाँका मुलबासीहरुलाइ सत्य बास्तबिकता कुरा बताइ सचेत बनाउदै लैजानु पर्छ । मुलबासी भुमिपुत्र हरुमा चेतनाको बिकाश नहुदा सम्म अतालिनु पर्दैन । बास्तबिक परिवर्तन र परिमार्जन गर्न समय लाग्छ । असत्य माथि सत्यता स्थापित गर्न कठिनाइ हुन्छ । कठोर संघर्ष अनि धैर्यताको आवश्यकता हुन्छ । जस्तै सुन्तलाको बिरुवा रोपि सकेपछि लामो समय अनि मेहनत पछी बल्लतल्ल दुई चार दाना फल्न थाल्छ  त्यस्तै बर्सेनि क्रमिक सुन्तला फल्ने वृद्धि हुँदै जान्छ बैश अवस्था बल्ल हांगा लुङ्गिने गरि फल्न थाल्छ।यदि दुई चार सुन्तला फल्दा निराशा पन देखाइ काटेउ अनि स्याहारसुसार  गर्ने छोड्यौ बने सुन्तला फल्न छोड्छ ।MNO सुन्तलाको बिरुवा जस्तै  हो जुन बखर दुइ चार दाना दिने सम्म पुगेको छ। यसै बेला नै स्याहारसुसार गर्ने समय हो।यो समय अतिनै महत्त्वपूर्ण घडी हो, तर हामी हतारीने ,राम्रो परिमाण आएन,फल दिन सक्दैन ,यो कछुवा गतिले अगाडि पुग्न सकिन्न , जति चुनाव लडे पनि हारछौ जस्ता नकारात्मक भावना बोकेयौ  भने कुनैमा पनि सफल हुन सक्दैनौं ।एउटा कहावट छ मौका मिले समयमै हिरा चिन्नु /फोर्नु।

सकारात्मक परिणाम लिउन,दीगो युगै युग सम्म रहने परिवर्तन ल्याउन पनि उतिनै समय लाग्छ ।यहाँ केहिले M.N.O 30 /31 औं बर्ष हुँदा पनि कहिँ गर्न सकेको छैन जस्ता अभिव्यक्ति दिएको अनि चुनाव माध्यमबाट लक्ष्यमा पुग्न सक्दैन जस्ता छोटो दिमागी अभिव्यक्ति दिएको पाइन्छ। त्यस्तो बिचार राख्नु भन्दा पहिले कुन तत्त्वले MNO लाई दबाबमा राख्न र तुहाउन लागी परेको थियो त्यो बुझ्न जरुरी छ। हिजो mno जन्मेको भेला 18 बर्ष सम्म दर्ता दिइएन mno को शब्द आवाज दबाउन ठुलो कोशीश गरियो ।जनता सामु सहि बास्तबिक कुरा राख्न दिएन। हिजो घटेका परिघटना बुझ्न् जरुरी छ । अहिले जुन जनताको सामु सहि सत्य ,बास्तबिक कुरा राख्नु पाउनु ठुलो उपलब्धि ठान्नु पर्छ जुन जनतामा चेतना फैलाउन पाएका छौँ । अब धेरै कुर्नुपर्ने अवस्था छैन नआति धैर्यका साथ लागौं भने 10/15 भित्रमा मंगोल राष्ट्रवाद कायम / स्थापना हुन्छ।


अत: बास्तबमा भन्नु पर्दा हिन्दुवाद,बाहुनवाद ,एकलवाद,खोक्रोवाद ले समाज ,राष्ट्रलाई ,ब्यक्तिलाई  अपांग बनाएको छ ।साथ साथै यहाँ 80% अहिन्दु मुलबासीलाइ यि" वाद" मानसिक रोगले ग्रसित पारेको छ ।मानसपटलमा बसेको खराब कुरा तथा मन मस्तिष्कमा लागेको अदेखाइ रोगको उपचार गरेर साथै  सफाइ गरे निश्चित बिन्दुमा पुग्ने छौँ ।मेन यि वाद बाट मुक्त पार्नुपर्छ।

  हस्त जै मुलबासी जै मंगोल

Post a Comment