३ करोड मध्य ८०% नेपालीहरु तपाईँ-हामी जस्तै मुलवासी मंगोल हौँ। समस्या यत्ति हो कि हामीले चाहिँ देशलाई डेरा ठानेका छौँ। हामीले अघिल्लो पुस्तालाई यो देश बरबाद गर्न दिएका छौँ। उनीहरुको झगडामा हामीलाई कठपुतली बनाउन दिएका छौँ। "तिमीहरुले यो देश कहाँ हाँक्न सक्छौ?" उनीहरुका यस्ता बकुम्फुसे गफ वारम्बार पत्याएर आफैलाई उल्लु बनाउन दिएका छौँ। उनीहरुलाई यो देश लुट्न दिएका छौँ।
अहिले हामी कोहि रक्सीको चुस्कीमा लुकेका छौँ त कोहि आफ्नो धर्म वा समाजको बन्धनमा। कोहि हामी ईन्टरनेटमा सिमित छौँ त चिया गफमै। यो सोच्दैछौँ कि कुनै दिन यो नेपाल भास्सिएर बिलाँउछ अनि बल्ल नया नेपालमा हामी जान पाँउनेछौँ।
आफु घर भित्र लुक्छौँ र अरु नै कोहि हाम्रो लागि सडकमा जाओस् भन्ने चाहन्छौँ। अहिले हामी मतदाता कार्ड होईन, ग्रिन कार्ड खोज्छौँ। हामी आवेशमा छौँ, तर केहि गर्न भने डराँउछौँ। यो देश बचाउने ठेक्का अर्को बुद्धको होईन। न त कुनै दाताकै। सरकार र अहिलेका राजनितिक शक्तिहरुले त प्रस्ट देखाईसकेका छन्, कि यो काम उनीहरुको पनि होईन।
संसारको जुनसुकै देशमा लडाइँ लडेको किन नहोस् तर आफ्नै मुलुकमा आफु मुलवासी मंगोल भएर पनि आफुलाई मुलवासी मंगोल भन्ने र आफ्नो संस्कृति, चाढपर्व, रितिरिवाज, पहिचान तथा अस्तित्व जोगाउने सहस र हिम्मत गर्दैन भने उसलाई हामी मंगोल भन्दैनौ ! उसलाई त हामी बाहुनवादको झोले कार्यकर्ता भन्छौं ।
उठ्नुपर्छ अब । जाग्नुपर्छ, हिड्नुपर्छ त्यो महानता तर्फ, त्यो सफलता तर्फ । यहाँ, उठ्नेहरू मालिक बनिरहे, सुतेकाहरू सधै गुलाम बनिरहे । उठेकाहरूले उज्यालो भेटिसके, सुतेकाहरू अन्धकारमा रूमल्लिरहेका छन् । अहिन्दु मुलवासी मंगोलको जमात ८०% छ भने हिन्दुवादी बाहुनको जमात जम्मा २०% छ । तर विडम्बनाको कुरा यो देश तिनिहरुले नै चलाईरहेका छन् । उनीहरूले स्वतन्त्रताको प्वंख फैलाई उडीरहेका छन्, हामी आफ्नै पिंजडामा कैद छौ । उनीहरू उचाइ चुम्दैछन्, हामीहरू बाँच्नका निम्ती संघर्ष गर्दैछौ । उनीहरूले महानताको मुर्ती खडा गरे र हामीले त्यसलाई पुज्दैछौ । देश उनीहरूले हल्लाइरहेका छन्, हामी हल्लिरहेका छौ । भैगौ अब जाग्नैपर्ने भो, तोड्नुपर्ने भो चिर निद्रा, उठेकाहरूले हामीलाई कुल्चिएर हिडिरहे । उनीहरूले हाम्रो पिडाको कथा लेखे र साहित्यकार बने । आफ्नो दरिद्रताको चित्र कोरे र कलाकार बने । हामीलाई राज गरी नेता बने । यसर्थ अब उठ्ने पालो अहिन्दु मुलवासी मंगोल समुदायको हो । अब हिड्ने पालो हाम्रो हो । औसत जिन्दगी घातक भयो, अब जिन्दगीमा क्रान्ती आवश्यक भो ।
उठौ, जागौ र आफू भित्रको प्रतिभाको मसाल बाली संघर्षको बलले विषमताको अन्धकारलाई चिर्दै असफलताको आगन हुदै अघि बढौ र तीन करोडको भिडलाई देखाइदिऔ कि हामी पनि देश हल्लाउन सक्छौ ।
सम्पुर्ण अहिन्दु मुलवासी मंगोलको अधिकार सुनिश्चित गर्नकै लागि एक जुट भएर एकल बाहुनवादी सामन्ती राज्यसत्ताको विरुद्ध लडौं । हामी अहिन्दु मुलवासी मंगोलले "फुटाउ अनि राज गर" को फर्मुलालाई विफल बनाई सम्पन्न र शक्तिशाली बन्नुपर्छ ।
- जिम्मेवारी भनेको आफैले निर्वाह गर्ने हो!
- नेपाली भनेर होइन बनेर देखाउने हो!
- अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो!
- किनकि यो देश ढले, हामी पनि यसैसाथ ढल्छौँ!
- अहिले नगरे कहिले? हामीले नगरे कसले?



Post a Comment