लेखक डा. राइटसले सडकमा छरपष्ट छरिएका बौद्ध पुस्तकहरूलाइ बोकेर बिदेश लगि क्याम्ब्रिज विश्वविद्यालयमा सुरक्षित राख्न लगाएका थिए । नेपाली शासकहरू त्यस्ता ऐतिहासिक ग्रन्थहरूलाइ जतन होइन खत्तम गर्न तिर लागे । बौद्ध धर्मलाइ निमिट्यान्न पार्ने कार्य गरे ।
प्रधानमन्त्री भिम शम्शेरले हिन्दू ब्राहमणहरूलाइ ढोग नगरेकै कारण अपराध देखाइ भिक्षु कार्यकर्ताहरूलाई गाली बेइज्जती अपमान गर्दै देश निकाला समेत गरे । भिक्षु महाप्रज्ञा र अमृतानन्दज्यूलाई मात्र होइन अन्य आठ बौद्ध भिक्षुहरूलाई समेत बौद्ध धर्म प्रचार प्रसार गरेवापत देश निकाला गर्ने काम गरियो । बुद्ध धर्म प्रति आस्था विश्वास राख्ने र यसको प्रचार प्रसार गर्ने जो कोहिलाइ हिन्दू शासकहरूले निमिट्यान्न पार्ने काम गरे । यस्तो भयावह अवस्थामा बौद्ध धर्मको प्रचार प्रसार गर्नु र बौद्ध बिहार, गुम्बा निर्माणको कुनै सम्भावना रहेन।
--देशनिकाला गरिएका भिक्षुहरु--
मुलबासी बुद्ध धर्म प्रति आस्था, बिश्वाश राख्ने नेपालीहरू बुद्ध धर्म प्रति बिमुख हुन पुगे । बुद्ध धर्म प्रतिबन्धित गरियो । देश, राज्य र समाजलाई पूर्णरूपले हिन्दूकरण गरियो । प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा हिन्दूहरू बौद्ध बन्न नपाइने तर बौद्धहरू धर्म परिवर्तन गरेर हिन्दू बन्न सजिलै पाइने नियम बनाईयो । धेरै नेपालीहरू बौद्ध धर्म ग्रहण गरकै कारण देश निकाला गरिए । बुद्ध मूर्ति निर्माण गरेकै कारण भिक्षु महाप्रज्ञा अमृतानन्द बिसं १९९३ पौषमा भोजपुर जेलमा थुनिए । पछि जेलबाट निकाली देश निकाला गरियो ।
बौद्ध धर्म ग्रन्थ सम्बन्धि लेखिएका सम्पूर्ण पुस्तकहरू खोजीखोजी जफत गरियो । त्यसलाइ डढाएर पोलियो । ज्ञानमाला (बौद्ध भजन) बेचेकै कारण श्री ३ जुद्धशमशेरले सन् १९४३ तिर पसले भक्त बहादुरको सर्वस्वहरण गरेको थियो । बिसं २००० श्रावण १५ गते ८ जना भिक्षुहरूलाइ देश निकाला गरियो । बौद्ध धर्म अन्त्य गराउन मनुवादी स्वदेशी शासक तथा भारतीय बिदेशी हिन्दू शासकहरूको समेत ठूलो ग्राइन्ड डिजाइन थियो।
पञ्चायती सरकारले २०१९ सालको सम्बिधानमा बुद्ध धर्म तथा क्रिश्चियन लगायतका अन्य धर्महरूलाइ बन्देज लगाउन संबिधानमा हिन्दू राष्ट्र घोषणा गरयो । यो उसको धार्मिक चलाखि थियो । 'नबाँचे मुरली न बजे बाँसुरी' बिसं २०४७ सालको बहुदलीय प्रजातान्त्रिक भनिने काँग्रेस, एमाले सरकारले पनि नेपाललाई हिन्दूराष्ट्र घोषणा गरी हिन्दू ब्राहमण धर्मलाइ राष्ट्रिय धर्म घोषणा गर्नु अन्य धर्मलाइ निमिट्यान्न पार्ने संबैधानिक कानुनी षडयन्त्र गर्यो ।
बहुदलीय ब्यबस्थाको आगमन पछि लुम्बिनीमा लुम्बिनी बिकास समितिसंग सम्बन्धित गैर बुद्धिष्ट दुई जना कर्मचारीहरू केदार नेपाल र कपिल भटराइले बि.सं.२०५३ साल अर्थात इ.सं.२८ अगष्ट १९९६ का दिन भगवान बुद्ध मुर्तीको मुखमा जुठो सुँगुरको मासु र रक्सी कोचारी दिएर बुद्ध र बुद्ध धर्मको अपमान गरेका थिए ।
उक्त घटनामा बुद्धिष्टहरू लुम्बिनीमा पुगी घटनाको भ्रर्त्सना र बिरोध गर्दै दोषीलाइ कारवाहीको माग गर्दा लेखक पनि प्रत्यक्ष सहभागी थियो । त्यस घटनाले झण्दै १ बर्ष पछि ३ जुलाई १९९७ का दिन लुम्बिनीमा जापानी बौध भिक्षु युनाताका नावातामेको बिभत्स हत्या गरियो । २०६२-६३ को जनआन्दोलनपछि अन्तरिम संबिधानमा नेपाल धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्र घोषणा भएको छ । व्यवहारतः पुरातन मनुवादी शासन परिवर्तन भएको छैन । सबै बैदिक ब्राहमणहरू बैज्ञानिक सिद्धान्तका बिरोधी थिए र बुद्ध र बुद्ध धर्मको बिरोध गर्दै आए ।
बिदेशी बिद्वान राइस देविसले आफनो पुस्तक Buddhist India मा लेखेझै 'ब्राहमणहरू कहिल्यै पनि नौलो दृष्टिकोण र बिचार धाराका समर्थक रहेनन् । यो देशको दुर्भाग्य ठान्नु पर्दछ । यस्ता एकात्मक चिन्तन शैलिले बिबिधता बोकेको नेपाली समाजको समाबेशी बिकास हुन नसकेको हो । अन्य धर्म सम्प्रदायको पहिचान चिनारी अस्तित्वलाई स्वीकार्न नसक्ने संस्कृतिको निरन्तरता घनिभूतहुदै गैरहेको देखिन्छ । यसले देशलाई जातीय बिद्रोह र अस्थिरतातिर धकेलिरहेको संकेत दिदैछ । बौद्ध शिक्षा नेपाली समाजमा पुग्नु आज आबश्यक छ । शान्ति र मानवतावादी अहिंसापरक सिद्धान्त बोकेको बौद्ध धर्म नै नेपाली समाजको एकताको जड बन्न सक्दछ । महामानव सीदाह बुद्ध द्धारा प्रतिपादीत बुद्ध धर्म संसारको यस्तो बैज्ञानिक धर्म हो, जहाँ जुनसुकै जाति, बर्ण, लिंग र सम्प्रदायका जो सुकै मानिसहरू पनि अटाउन सक्दछन् । जहाँ कुनै पनि साम्प्रदायिक बिभेद र जातीय असमानता छैन ।
बाँच र बाँच्न देउ भन्ने मानवतावादी भावना समानता, सह-अस्तित्वको भाव र शिक्षा छ । त्यो नै महान बौद्ध धर्म हो । यसको अनुकरण, अनुसरण र अवलम्बन गर्न हामी किन हिचकिचाउने ?
स्मरणिय छ, जीवनको पछिल्लो समय तिर हिन्दूबर्णाश्रम व्यवस्था जातीबादका बिरोधी, बुद्ध धर्मबाट प्रभाबित र दिक्षित दलित मूलका महान भारतीय नेता तथा दलित राष्ट्रपति डा. भिमराव अम्बेडकरले सन् १९५६ मा हिन्दू धर्म त्यागेर आफ्ना ५ लाख अनुयायीका साथ बुद्ध धर्म प्रबेश गरे ।
जातीबादको पृष्ठपोषक हिन्दू धर्म शास्त्र मनुस्मृतिलाई खुलेआम जलाइ दिए । त्यस यता भारतमा बुद्ध धर्मको उकाली शुरू भयो ।
तर नेपालको सत्तामा भने सधै हिन्दू नेताहरू मात्रै आसिन रहे जसले हिन्दू राष्ट्र नेपाललाई मलजल गरिरहे। बुद्ध यो देशको मुलबासी (शाक्यवंश) थारु समुदाय थारुको छोरा हुनुहुन्छ । आज उहाँको समानता, स्वतन्त्रता र भातृत्व को लगाबले विस्वभरी बौद्ध दर्शन फैलिएको छ।
(नोट: नेपाल मगर बौद्ध सेवा समाजद्धारा प्रकासित लेखक टीबी पुन मगर ज्युको बौद्ध धर्म किताब बाट साभार गरिएको हो ।)



Post a Comment