अरुले अरुको मुलुकमा  अस्तित्व  र मुक्तिको निम्ति  लड्छ  हामिले मंगोल  अस्तित्व  र आफ्नो  अधिकारको निम्ति  दासत्वबाट मुक्तिको निम्ति भावी सन्तानको उज्ज्वल  भाग्य  रेखाको निम्ति  न त  एउटा  आवाज उठाउने  आँट  गर्‍यो  न त पुलिसको  एक डन्डा  खाएर  पुलिसलाई एक ड्न्डा नै फर्कायो । अब आवश्यक  पार्‍यो  भने आफ्नो मुक्तिको निम्ति आफ्नो भोलिको पिंडिको निम्ति आफ्नो माटोमा एकपल्ट बलिदान  हुन र चार सय बर्ष भन्दा बढि पुरानो  साम्राज्यवादी ंशाक्तीलाई परास्त गर्न जुनसुकै  मुल्य  चुकाउन  पनि तिग्रा  कमाउनु हुन्न , तब मात्र  भोलि उज्यालो  हुनेछ । हाँस्ने, हँसाउने दिन आउनेछ । नत्र  अनन्त  अनन्तको यो बचाई मृत्युको बचाइ मात्र  हुनेछ । हामी जंगल  फांडेर भस्मे बसाउने ढुङ्गा  फोरेर  घर बनाउने र फेरि लुटिदै भुटिदै भागेर विलय हुने जंगली जन्तु  जस्तै बनाइएका छौँ ।
                                                     
अब पनि सोचेनौ, बुझेनौ भने तिमी सधैं को निम्ति अस्ताउनेछौं । हाम्रो भावी सन्तानले हाम्रो अवशेष पनि भेटाउने छैन।    अस्तित्वको खोज एमएनओ मा लागेकाहरुको लागि मात्र  नभएर  समस्त मुलबासी मंगोलको हो ।  त्येसैले  एमएनओ ले  लड्ने  अहिन्दु  मुलबासी मंगोलको अस्तित्व र मुक्तिको लडाइँमा  समस्त  मंगोल अस्तित्व  र मुक्तिसंग गाँसिएको हुनाले के पढे लेखेका ? के अनपढ? के प्रहरी  प्रशासनमा रहेका के सैनिक  र के पुर्व  सैनिक, के पुर्व प्रहरी र सबै  पार्टीमा लगेका  गोठाला , खेताला र हनुमान  बनेका समस्त मुलबासी मंगोलहरुलाई यो पहिलो  र आखिरी लडाईमा आ- आफ्नो ठाउँबाट  सहयोग  गर्नुहुन अवहान गर्द्छु ।                                                                                              जै मंगोल

Post a Comment