के तपाईं मंगोल नेता, कार्यकर्ता, अभियन्त, लेखक वा लेख्न इच्छुक विद्यार्थी हुनुहुन्छ? यदि हुनुहुन्छ भने मुलनिवासी मंगोल सँग सम्बन्धित लेख-रचना (कुनै पनि विषय मा) लेखेर हामीलाई पठाउनुहोस्। तपाईंले तलका मध्ये कुनै पनि भाषा मा रचना तयार गर्न सक्नुहुने छ:
- नेपाली
- अंग्रेजी
- हिन्दी
कृपया ध्यान दिनुहोला, तपाईंले पठाएको रचनाले तलका मापदण्ड पूरा गरेको हुनुपर्ने छ:
- मौलिकता: तपाईंको रचना आफ्नै मौलिक भाषा मा लेखिएको हुनुपर्ने छ। उक्त लेखका पछाडी रहेका सन्दर्भ सामग्री का बारे मा पनि स्पष्ट रुप मा पुछार मा लेख्नुपर्ने छ।
- यथार्थता: रचना मंगोल नेताहरुको नजरमा यथार्थ हुनुपर्ने छ। नौलो कुरा लेखिएको भए त्यसको स्रोत खुलाउनु पर्ने छ।
- पठनीयता: लेख सामान्य भन्दा सामान्य पाठक ले पनि पढ्न सक्ने र बुझ्ने खाल को हुनुपर्ने छ।
- संक्षिप्तता: लेख १००० देखि १२०० शब्द भित्र लेखिएको हुनुपर्ने छ।
प्रकाशन प्रक्रिया
तपाईं को लेख प्राप्त भए पछि हाम्रा सम्पादकहरु ले तपाईंसँग विचार विमर्श गरी त्यस लेख लाई प्रकाशन योग्य बनाउने छन्। यदि हामीले त्यस लेख लाई प्रकाशन गर्ने निधो गर्यौं भने लेख मा योगदान गर्ने का रुप मा तपाईंको नाम पनि राखिने छ।
आफ्नो रचना पठाउँदा कृपया आफ्नो परिचय खुलाएर पठाउनु होला। कृपया ध्यान दिनु होला, यसरी रचना पठाउँदा तपाईंले हाम्रा शर्त र नियमहरु लाई स्वीकार गर्नुभएको मानिने छ।
लेख रचना पठाउने ठेगाना
ईमेल: mongoldatabase@gmail.com
फेसबुक: fb.com/mongoldatabase
Mongol ZoHo को अभियान: मंगोल नेशनल अर्गनाइजेसनले उठान गरेको कुराहरुको सम्बोधन गर्दै मुलवासी मंगोल समुदायलाई जगाउने हो। हाम्रो अभियान हेर्न यहाँ क्लिक गर्नुहोस्....



Post a Comment