बाहुन क्षेत्री नेताहरु बाठो भएर, पंचायत फ्याक्यो। राजा फ्याक्यो। तर अहिले राजालाई ल्याउन षड्यन्त्र गर्दैछन्। राजा आउ, बचाउ पनि भन्न थालेकोछ। होइन राजालाई पनि खेलौना सरह नै बनाएको बुझिन्छ। कहिले भित्र कहिले बाहिर गराउने?


लोकतन्त्र, धर्म निरपेक्ष र गणतन्त्र हटाउने षड्यन्त्र पनि गर्न थालेको बुझिदैछ। अब, ब्राह्मण बादीको मिति पुगिसकेको जस्तो छ। लोकतन्त्र धर्म निरपेक्ष गणतन्त्र सिधान्त मास्यो भने, आफै मासिने छौ। किन कि जनताहरू सचेत भइसकेको छ। नेताहरु र शासक भनेको जनताले साथ दिएमा बन्नेहरु मात्र हुन।


देश हाक्ने र बिगार्ने उनिहरु नै हुन्। राष्ट्रिय सम्पदा ढुकुटी रित्याउने, देश खोक्रो बनाउने उनिहरु नै हुन्। यस्तै भ्रष्टाचार कति हो हो भनेर साध्य छैन। उनिहरूको मुखबाट नै सुन्नु पाइन्छ। आपसमा हिसाब किताब नमिलेर होला। 


 आज मुलबासी मंगोलहरुले, आफ्नो अस्तित्व र पहिचान संविधानमा कायम गर्नु खोज्दा, यिनिहरू देश द्रोही हुन भन्ने। मिलेर बसेको समाज भड्काउनेहरु हुन भन्ने। होइन मंगाेलहरुलाई अझै पनि राछेस्कै दर्जामा राख्न चाहन्छन्। चतुर ब्राह्मण नेताहरु त्रासमा छन् कि, mno एमएनओ ले , मुलबासीहरुलाई एकता बनाउने भयो। हाम्रो झोला नबोक्ने भयो। सैले फेरि राजा आउ देश बचाउ भन्दै छन्। लाजपचारहरु। 


राजालाई ल्याएर एकलौटी शासन चलाउन लगाएर, मुलबासीहरुलाई फेरि गधा बनाएर राख्ने सोच गरेको बुझिदै छ। हुन पनि मुलबासी भनाउँदोहरु, आफुलाई जनजाति भन्ने गर्छन् र भरिया करिया बनेर, बाँच्ने बानी परेको देखिन्छ। तर एमएनओ ले भनिरहेको छ, आफुलाई चिन्न सक। आफ्नो अस्तित्व र पहिचान कायम गर्न सक। मातृभुमिको महत्व बुझ्न सक। मान्छे जस्तो बनेर बाँच। डाक्टर गोपाल गुरुङले भन्नु भएको थियो, अस्तित्व बिहिन मानव, पशु सरह हुन्। यसैले अब, बाठोको मात्र होइन। लाटोको पनि दिनहरु आइरहेको छ। जै मंगाेल!

Post a Comment