गोरखा ।
मंगोल नेशनल अर्गनाइजेशन तेस्रो गोरखा जिल्ला अधिवेशन मुल आयोजक सभाको नियमित बैठक सम्पन्न भएको छ ।

मुल आयोजक सभाका संयोजक गङ्गा राना मगरको सभाध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य तथा आर्थिक सभाका सदस्य सोम बहदुर तमुको प्रमुख आतित्यथा रहेको थियो । गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापाको बिशेष आतित्यथा रहेको नियमित मिटिङ पुर्व जिल्ला प्रचार सचिव प्रेम बरामले सन्चालन गरेका थिए । नियमित मिटिङ कै अवसरमा बारपाक सुलिकोट गाउँपालिका अधिवेशन आयोजक सभाका सचिव नवीन घलेले एम.एन.ओ. बारपाक सुलिकोट गाउँपालिका सभाको निम्ति आफ्नै घरमा निशुल्क कार्यलय उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

Post a Comment