काठमाडौ । मंगोल नेसनल अर्गनाइजेशनले कथित कालो दशैंलाई आज देशब्यापी रुपमा कालो टीका लगाउँदै बहिष्कार गरेको छ । आफना पुर्खालाई षड्यन्त्र पुर्बक हत्या गरेको सम्झना एमएनओले तथाकथित दशैंलाई बर्सेनि बहिष्कार गर्दै आइरहेको छ । 


यस वर्ष पनि विभिन्न प्रदेश, जिल्ला एवम गाउँ नगर सभाहरुले सामुहिक रुपम भेला भइ पुर्खाको सम्झनामा कालो टीका लगाइ दसै बहिस्कार गरेको छ । झापाको मेची नगर - २ मा रहेको बहु प्रतिष्ठित मंगोल रिसर्च सेन्टरमा प्रेसिडेन्ट बुद्ध लाल मेचेले उपस्थित सबैलाई कालो टीका लगाइ दिनु भएको थियो भने दशैं बहिस्कार को औचित्य माथी प्रकाश पार्नुहुँदै ज्ञानको ज्योति पुस्तक पनि वितरण गर्नुभयो । 


त्यस्तै काठमाडौं स्थित केन्द्रीय कार्यलयमा संगठनका केन्द्रीय कोषाध्यक्ष आङ्दावा शेर्पाले सहभागी सबैलाई सामुहिक रुपमा कालो टीका लगाइ दिनु भएको थियो । लुम्बिनी प्रदेश सभाको आयोजनामा रुपन्देहीको बुटवलमा दसैं बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । संगठनका केन्द्रीय मुलसचीव थमन बुढा मगरले नेता कार्यकर्ताहरुलाई कालो टीका लगाइ दिनु भयो । सो क्रममा उहाँले एमएनओले तथाकथित दशैं बहिष्कार गर्नुको कारण बताउनु भयो । 


उता गण्डकी प्रदेश सभाको आयोजनामा कास्कीको पोखरामा पनि दशैं बहिस्कार कार्यक्रम सम्पन्न भयो। त्यस्तै पुर्बको मोरङ, ईलाम, सुन्सरी, पान्थर, ताप्लेजुङ ,धनकुटा, भोजपुर लगायतका जिल्ला सभाहरुले पनि दशैं बहिष्कार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । त्यस्तै बाग्मती प्रदेश सभा अन्तरगत चितवन, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक सहित नवल्पुर, दाङ, तनहु, गोर्खा लगायत प्रवास सभाहरुले पनि दशैं बहिष्कार कार्यक्रम सफल बनाएको छ ।

Post a Comment